१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अनुसन्धानमूलक क्षेत्रमा लगानी बढाउन सरकार तयार छः मन्त्री शर्मा


३० फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वैज्ञानिक अनुसन्धानको आविस्कार विकासको मेरु दण्ड भएको भन्दै यस क्षेत्रमा लगानी बढाउन सरकार तयार रहेको बताएकी छिन् ।

मंगलबार एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औं अन्तर्राष्ट्रिय सम्मेलन उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै, उनले अनुसन्धानले प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रमा लगानि बढाउन आवश्यक रहेको बताइन् ।

उनले भनिन् ‘वैज्ञानिक अनुसन्धान आविस्कार र नवप्रर्वद्धन विकासको मेरुदण्ड हो । यसले हरेक क्षेत्रको प्रगतिमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले हामीले अनुसन्धानमा लगानी बढाउनु पर्ने आवश्यकता छ । सुचना प्रविधि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो ,नेपालले यसबाट उच्चतम् लाभ लिन सक्छ भन्ने विश्वास छ ।’

नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोग गरी नयाँ अवसर श्रृजना गर्ने र मुलुकको आर्थिक समृद्धि हासील गर्नु नै सरकारको लक्ष्य रहेको उनको भनाई छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १५:३६