१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्याे लाभांश, बाेनस र नगद कति ?


३० फागुन, काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणकाे स्वीकृतिपछि र कम्पनीकाे आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १०:३६