४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याज ?


३० फागुन, काठमाडाैं । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा चैत्र १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा ब्याजदर ६.४२ प्रतिशतबाट घटाएर न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याज दिने भएकाे छ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म तोकिएको बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा उल्लेख छ  ।

बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज दिने छ । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकको आधार दर १०.१० प्रतिशत रहेको छ ।

यस्ताे छ बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदरः

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ०९:१३