४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

२६.८० अंकले घट्याे सेयर बजार, १ अर्ब ६६ करोडकाे काराेबार


२८ फागुन, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २६.८० अंकले घटेर एक हजार ९ सय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ८ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज शुभम पावर लिमिटेडको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर र हिमालयन बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १५:२१