७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सहज तरिकाले कर्जा उपलव्ध नगराए सरकारलाई ताला चावी बुझाउने व्यवसायीको धम्की


२८ फागुन, काठमाडौ। बैंक तथा वित्तिय समस्या सर्घष समितिको संयोजक तथा मोरङ्ग व्यापार संघको अध्यक्ष नविन रिजालले बैंकले व्याजमा एकल अंक भार कायम नगरी व्यवसायीहरुलाई सहज तरिकाले कर्जा उपलव्ध नगराएमा सरकारलाई ताला चावी बुझाउने धम्की दिएका छन् ।

आइतबार राजधानीको माईती घरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले बैंकले व्याजमा एकल अंकभार कायम नगरे थप आन्दोलन चर्काउने चेतावनी दिए ।

उनले भने “मनोमानी जबसम्म घट्टदैन तब सम्म सडकमा बसि रहन्छौं। राज्यले आज पनि हाम्रा मागहरु सुनिदिएर एकल अंक निति ल्याई दियोस व्याजदरको भन्ने सोच हो । यदि हाम्रो माग पुरा हुदैन भने भोलिबाट हामीले नेपाल राष्ट्र बैंक अगाडी धर्ना दिएर विरोधका कार्यक्रम सुरु गर्छौं ।”

राष्ट्र बैंकको ३० वर्षदेखिको गलत नीतिका कारण समस्या भोगिरहेको व्यवसायीहरुको भनाई छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष मनोज अधिकारीले व्यापारिहरुको जायज माग पुरा गरी व्यापारीलाई काम गर्ने वातावरण बनाउन आग्रह गरे ।

उनले भने “बैंकको व्याजदर महङ्गो भयो बैंक चाहिन्छ । २ प्रतिशत देखी ७प्रतिशतसम्म आधार रेटमा गरिराछ जो निरिह छ । त्यसलाई ७ प्रतिशत गर्ने जो वलियो छ त्यसलाई दुई प्रतिशत गर्ने बै.कले जसरी चलखेल गरी रहेकाे छ त्यो हुनु भएन ।”
मौद्रिक नीति परिमार्जन हुनुपर्ने उनको माग छ ।

पोखरा उद्योग वाणिज्य संघका उपमहा सचिव शोभा गौतमले बैंक तथा वित्तिय संस्थाको ज्याद्दती बढेको बताइन । उनले भनिन् “सरकारले निरिह रुपमा हेरिरहेको छ । यसमा सुनुवाई होस भनेर सम्पुर्ण नगर उद्योग बाणिज्य संघका व्यवसायीहरु महासंघ सहित सम्पूर्ण सामेल भएका छौं । सरकारले सुनुवाई गरोस भन्ने पक्षमा छौ । सरकार छ हाम्रो पक्षमा भन्ने मा हामी आशावादी छौ ।”
तालाचावी सरकारलाई वुझाएर रिऋ पनि नतिर्ने र व्यवसाय पनि नगर्ने उनको धम्कि छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १४:५६