१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेकाे बस सिन्धुलीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु , १९ घाइते


२८ फागुन, सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा १९ जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार ११:११