१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

उच्च अंकले बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


२८ फागुन, काठमाडाैं ।  साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उच्च अंकले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै १७०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार रुपैयाँमा काराेबार भएकाे छ ।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ । गत शुक्रबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार ११:०३