१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँडः ५ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा


२८ फागुन, काठमाडाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज फागुन २८ गते आइतबार बाँडफाँड सम्पन्न भएकाे छ । फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन भएकाे आईपीओ आज बिहान धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले बाँडफाँड गरेकाे हाे ।

कम्पनीले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिसकिएको थियो।

जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १ लाख ६९ हजार ७५५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरेको थियो।

क्यापिटलका अनुसार  आईपिओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको क्यापिटलले जनाएको छ  ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारणले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १६ हजार ९७६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ताका दरले सेयर पाएका छन् । भने १५ लाख १९ हजार २८७ आवेदकको हात खाली भएको छ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा प्रकाशन भएपछि  बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १०:१४