१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माधव नेपालका भान्जा नितेश पौडेल खुकुरीधारी लिएर आरआरमा, तपेन्द्रले जोगाए विद्यार्थी


२७ फागुन, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भान्जा समेत रहेका सोही पार्टीका युवा संघका उपाध्यक्ष नितेश पौडेल खुकुरीधारी सहित आरआर क्याम्पस पुगेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विथोल्ने प्रयास गरेका छन ।

उनीहरूले आरआरको स्ववियु निर्वाचनका लागि गठन भएको निर्वाचन समितिका संयोजक उपप्राध्यापक विनोद मञ्जनमाथि समेत हातपात गरेको वर्तमान स्ववीय सभापति तपेन्द्रजंग शाहीले जानकारी दिए । खुकुरी लिएर क्याम्पसमा प्रवेश गरेका नेकपा एकीकृत समाजवादीका नेताहरूले खुकुरी नचाउँदै विद्यार्थी तर्साउने काम गरिरहँदा स्ववियु सभापति शाहीले भने खुकुरी र खुकुरी प्रदर्शन गर्ने मनोज चन्दलाई नियन्त्रणमा लिएर प्रहरीकोमा बुझाएका छन ।

अप्रिय परिस्थिति सिर्जना गर्न समाजवादीका नेताहरूले हतियारधारीलाई क्याम्पसमा प्रवेश गराई विद्यार्थीहरूलाई आतकिंत तुल्याएका थिए । शाहीको सक्रियाताले कुनै अप्रिय निर्णय भने हुन पाएन । नितेशसहितका युवाहरू चुनाव बोथोल्ने उद्देश्यले कम्यापस प्रवेश गरेको सभापति शाहीले बताए । उनले क्याम्पसमा खुकुरी बोकेर गुण्डागर्दी गर्न खोज्ने प्रवृतिको निन्दा गरे । सभापति शाहीले विद्यार्थीको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १७:२९