७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एक्सपट एन्का सुपर लिग क्रिकेटको फाइनल आइतबार हुँदै


२७ फागुन, एडिलेड । साउथ अष्ट्रेलियाको एडिलेडमा जारी एक्सपट एन्का सुपर लिगको फाइनल खेल आगामी मार्च १२ आइतवार गत वर्षको विजेता भिएक्सएल टिटान्स र माभेन स्ट्याकरस विच हुने भएको छ ।

नेप्लिज क्रिकेट एसोसियसन(एन्का)द्वारा आयोजित लिगको फाइनल खेल एडिलेडको साम जोन्सनमा दिनको ३.३० बजेबाट हुने भएको छ ।विजयी टिमलाई रनिङ शिल्ड, अष्ट्रेलियन डलर ४००० र उप विजेतालाई अष्ट्रेलियन डलर १००० सहित खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

एन्का अध्यक्ष विजय जोशीले फाईनल खेलमा साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन (साम्का)का रेफ्रिहरुबाट संचालन गरिने बताए | उनले लिगले खेलाडीहरुलाई क्रिकेटको माथिल्लो तहका खेलका लागि प्रवेशको खुट्किलो हुने समेत वताए ।

उनले यसमा राम्रो खेल्ने खेलाडीहरु स्थानिय प्रिमियर कलवहरुमा समेत छनौट हुने संभावना रहेको बताए । अध्यक्ष जोशीले खेलाडीहरुलाई प्रोत्साहित गर्न तथा मनोरञ्जनका लागि खेल हेर्नका लागि सबै एडिलेसवासी नेपालीहरुलाई निमन्त्रणा गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार १६:४६