१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘२.० छड्के’ फ्लप भएपछि अनमोल भन्छन्ः नवौं फिल्ममा आएर चुकें, दुःखी छु


२६ फागुन, काठमाडौं । अभिनेता अनमोल केसीले पछिल्लो फिल्म ‘२.० छड्के’ बक्स अफिसमा फ्लप भएपछि पहिलोपटक धारणा सार्वजनिक गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले ‘२.० छड्के’ फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।

उनले नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् । उनको आगामी फिल्म ‘जेरी : अन टप’ छायांकनको तयारीमा छ । घाम डुबेपछि भोलि नयाँ बिहानी उदाउने भन्दै उनले दर्शकको दुखेको घाउमा मल्हम लगाउने समेत बताएका छन् ।

अनमोलको नवौं फिल्म ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो र मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले यसलाई प्रदर्शनको ६ दिनमै हटाइदिएको थियो । करिब ३ कराेड लगानीमा बनेकाे याे फिल्मले ३० लाख रूपैयाँ मात्रै कमाएकाे छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार १४:५९