१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

महिलाले स्वस्थ रहन हिड्न जरुरी रहेको स्वास्थ्यकर्मीको वाकाथुनको निष्कर्ष


२४ फागुन, काठमाडाैँ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको आयोजनामा काठमाण्डौमा टेकुदेखि माईतिघर मण्डलासम्म वाकाथुन आयोजना गरिकोछ । वाकाथुनले महिलाहरुले घरको काम र व्यवस्थताको कारण स्वस्थ जिवन यापनको लागि समय अभाव हुने हुँदा दैनिक हिड्न जरुरी भएको र पुरूषको सहभागिता घरको कामममा समेत जरुरी भएको शन्देश प्रदान गरेको महासंघले जनाएको छ ।
नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको वाकाथुनमा करिव २०० स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । करिव ३ किमी दुरी स्वस्थ्यकर्मीहरुसंगै हिडेका एमाले सचिव भट्टराईले माईतिघरमा कोण सभालाई सम्बोधन गदैं अन्तर्राष्ट्रियस्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणका बिरुद्ध आवाज उठाएको बताए । सचिव भट्टराईले त्यसै दिनको सम्झनामा आज ८ मार्च मनाई रहेको प्रष्ट पार्दै उहाँले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरुको पक्षमा आवाज उठाउन सुरू गरेको बताए ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालको उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्वमा आयोजना भएको वाकाथुनको कोणसभाको अध्यक्षता महासंघका अध्यक्ष डा. झलक शर्मा गौतमले गरेका थिए ।

उपमहासचिव बरालले महिलाहरु घरको काममा सीमित हुन पुगेकोमा दुःख व्यक्त गर्दै सबै महिलाहरुले आफ्नो स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताइन । स्वस्थ जीवयापनको लागि दैनिक हिडनुपर्ने तथा फिजिकल व्यायाम गर्नुपर्ने उनको भनाइथियो । महासंघका अध्यक्ष डा. गौतमले महासंघ स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मीहरुको पेशागत अधिकारमुखी संस्था भएको प्रष्ट पारे ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १४:१९