१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

करियर नै समाप्त गर्ने गरी आफू षडयन्त्रको शिकार बनेको गायक राजेशपायल राईको दुःखेसो


२५ फागुन, काठमाडाैँ । गायक राजेशपायल राईले करियर नै समाप्त गर्ने गरी आफू षडयन्त्रको शिकार बनेको बताएका छन । उनले अझै केही षडयन्त्रहरू हुनेभन्दै शुभेच्छुकहरूमा सतर्क भएर सहयोग गरिदिन अनुरोध गरेका छन ।

सामाजिक सञ्जालमा आएको पोस्टको आधारमा आफुलाई गाली गलौज गरेको र व्यक्तिगत कागजात समाचारमा छापेको भन्दै राई आक्रोशित बनेका छन् । बिहिबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आफुले आफ्नो छोरालाई गरेको व्यवहारको प्रमाण कसैले प्रमाण ल्याए पाउमा शिर राखिदिने बताएका छन् ।

उनले आफ्नो क्यारियर समाप्त गराउने गिरोह सक्रिय रहेको बताउँदै आगामी दिनमा विभिन्न षडयन्त्रमा आफु परे कुनै आश्चर्य नहुने लेखेका छन् ।

बुधबार उनकी श्रीमती सङ्गबुङ्ग राईले लेखेको भनिएको फेसबुक स्टाटसको स्क्रिनशट भाईरल भएपछि यो बिषय चर्चामा आएको थियो । उक्त स्टाटस पोस्टमा आफ्नो छोरालाई राईले तातोपानी खन्याएको र हाल उपचाररत रहेको लेखिएको थियो । फेसबुकमा खोजी गर्दा सङ्गबुङ्गको फेसबुक प्रोफाईल समेत गायब थियो । बुधबार नै केहि मिडियामा राजेश र सङ्गबुङ्गले काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ मा विवाह दर्ता गरेको दर्ता प्रमाणपत्र सहित समाचार आएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १८:३७