१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

लघुवित्तको सेयरमूल्यमा पहिरो, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?


१० फागुन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर घटेकाे बजारमा बुधबार भने सुधार आएकाे हाे । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा बन्द भएको छ । आज नेप्से बढेपनिकारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन।

यस दिन २६९ कम्पनीको ४७ लाख ७९ हजा ७९६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

बुधबार सेयर बजारमा चमक आउँदा आदर्श लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

त्यस्तै, खप्तड लघुवित्तको ७.८५ प्रतिशत, उपकार लघुवित्तको ६.९९ प्रतिशत, श्रृजनशील लघुवित्तको ५.८८ प्रतिशत र आँधिखोला लघुवित्तको ५.१६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १५:३४