१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

हरियाली छाएकाे बजारमा बुधबार यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार


१० फागुन, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर घटेकाे बजारमा बुधबार भने सुधार आएकाे हाे । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३३.५७ अंकले बढेर २०८०.३८ बिन्दुमा बन्द भएको छ । आज नेप्से बढेपनिकारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन। यस दिन २६९ कम्पनीको ४७ लाख ७९ हजा ७९६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन १३ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख, ग्लोबल आइएमई बैंकको ४ करोड ६१ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५२ लाख र ङादी ग्रुप पावरको ४ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १५:१५