१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

लगानीकर्ताको हात खाली बनाउदै न्यादी हाईड्रोपावरले बाेलायाे साधारणसभा


१० फागुन, काठमाडाैं । न्यादी हाईड्रोपावर कम्पनी लिमिटेडले बार्षिक साधारणसभा बाेलाएकाे छ। कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा चैत्र ६ गते कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने कुनै पनि लाभांश घोषणा गरेको छैन । त्यसैले याे बर्ष सेयरधनीकाे हात खाली हुने भएकाे हाे ।

सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको चयन गर्ने, अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा सहभागिता हुन सक्नेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १२:२७