१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

चिनियाँ राजदूत बाहिरिए लगत्तै बालुवाटार पुगे एमाले अध्यक्ष ओली


१० फागुन, काठमाडौँ । चिनियाँ राजदूत चेन सोङ प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका छन । चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर बाहिरिएको केहीबेरमै उच्चस्तरीय राजनीतिक संयन्त्रका प्रमुख समेत रहेका ओली बालुवाटार पुगेका हुन ।

राष्ट्रपति निर्वाचनले नेपालको राजनीति तरङ्गित भइरहेको बेला प्रचण्ड र ओली भेटवार्रा गरेका हुन । भारत र अमेरिकाले राष्ट्रपतिको निर्वाचनको विषयमा माओवादीमाथि दबाब बढाइरहेको छ । उनीहरूले कांग्रेस वा लोसपाको उम्मेदवरलाइ समर्थन गर्न प्रचण्डलाइ दबाब दिइरहेका छन । यद्यपी पार्टीको निर्णयको जिम्मा लिएका प्रचण्डले केही निर्णय गर्छन भन्ने जान्न अझै कम्तिमा ४८ घण्टा कुर्नुपर्ने हुन्छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ११:१३