७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई


९ फागुन, काठमाडाैँ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल(इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको खोजी पत्रकारिता पुरस्कार यस बर्ष दुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । संचार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार मात्रृका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकार द्धय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृत पत्रकार दाहालले २०६४ सालबाट पत्रकारिता शुरु गर्नु भएको थियो । सुशासन/सार्वजनिक प्रशासन,आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउदै आउनु भएको छ ।

दिब्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिक हुदै कारोबार दैनिक, नागरिक दैनिक र हाल कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ । त्यस्तै पुरस्कृत अर्का पत्रकार वाग्ले बिगत १५ बर्ष देखि पत्रकारितामा संलग्न रहदै आउनु भएको छ ।

महिलामाथि हुने बिभेद, सार्वजनिक प्रशासन लगायतका बिषयमा कलम चलाउदै आउनु भएकी पत्रकार वाग्लेले राजधानी, नेपाल समाचारपत्र, हिमाल खवर पत्रिका हुंदै हाल आइएनएस डट कममा कार्यरत हुनुहुन्छ । ५० हजार रासीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार २०:२७