७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रामवीर मानन्धर र नेत्र पाैडेलसहित सात नेता एमालेबाट निष्कासित


९ फागुन, काठमाडौँ । नेकपा एमालेका बागमती प्रदेश संगठन कमिटीले पूर्व सांसद रामवीर मानन्धर र धादिङका पूर्व अध्यक्ष नेत्रराज पौडेलसहित सात नेतालाई पार्टीबाट कारबाही गरेको छ । माघ २९ र फागुन १ गते ललितपुरको च्यासलमा बसेको प्रदेश संगठन कमिटीको पूर्ण बैठकले धादिङका नेत्रराज पौडेलसहित सात जनालाई पार्टीबाट निकालेको हो ।

मंगलबार एमाले बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष केशवराज पाण्डेले प्रदेश परिपत्र २८ जारी गर्दै कारबाहीको जानकारी दिएका छन । पौडेल स्थानीय कमिटीको सिफारिस विपरित पार्टी नेतृत्वले टिकट बितरण गरेपछि धादिङ १ क बाट स्वतन्त्र रूपमा प्रदेशसभामा चुनाव लडेका थिए ।

त्यस्तै मानन्धरले खुला रूपमा अन्य पार्टीका नेताको प्रचार गरेका थिए । त्यस्तै पार्टीबाट कारबाहीमा परेकामा रामकृष्ण लामा, सुमनकुमार लामा, मंग तामाङ, चोकबहादु दाहाल र उद्धव लुइटेल रहेका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १९:३३