१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे


९ फागुन, उर्लाबारी (मोरङ) । मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन् । हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन् । चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पु¥याएको स्थानीयले बताएका छन् ।

गए राति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पु¥याएका छन् । सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ । हात्तीले सुवेदीको घरमा समेत क्षति पु¥याएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १५:३३