६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

प्रधानन्त्रीको सचिवालयमा थप सदस्यको नियुक्ति भएको छैनः प्रेस संयोजक शर्मा


९ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्रीको सचिवालयमा पछिल्लो पटक कोही पनि नियुक्त नभएको बताएका छन ।

मंगलबार परराष्ट्र सल्लाहकारमा डा रूपक सापकोटा र जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य नियुक्त भएका समाचारहरू बाहिरिएपछि शर्माले प्रधानमन्त्रीले पछिल्लो पटक मुख्य राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेलको नियुक्तिपछि कसैलाई पनि नियुक्त नगरेको बताएका छन । उनले दैनिकीसँग कुरा गर्दै कोही पनि व्यक्तिलाई प्रधानमन्त्री प्रचण्डले सल्लाहकार वा विज्ञ भनेर सचिवालयमा नियुक्त नगरेको प्रष्ट पारे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १५:१३