१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

घटेकाे सेयर बजारमा यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार


८ फागुन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन साेमबार सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २३.६० अंकले घटेर २०४६. ८१ बिन्दुमा बन्द भएको छ । नेप्से घटेसँगै यस दिन कारोबार रकम समेत घटेरकाे छ । आज २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २० करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।त्यस्तै, साल्ट ट्रेडिङको ११ करोड ४८ लाख, जीवन विकास लघुवित्तको ६ करोड ५५ लाख, एनआइसी एशिया बैंकको ५ करोड ५५ लाख र सानिमा बैंकको ४ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १५:०९