४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक पक्राउ


८ फागुन, काठमाडाैं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको इन्स्पेक्टर राजकुमार खड्गीले जानकारी दिए ।

विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।

‘प्रणय’ एल्बममा राखिएको गीत ‘पोखरा’लाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीचको विवाद चुलिएको थियो । गीतको रिमेकलाई लिएर खरेल र रेग्मीबीच विवाद चलेको थियो । उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १२:१५