१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दुर्गा प्रसाईले पहिले प्रचण्ड छाडे अहिले ओली, मार्सीले चर्चित बनेको सम्बन्ध अन्त्य


८ फागुन, काठमाडौं । पछिल्लो केही वर्षयता नेकपा एमालेको नेताको परिचय बनाइरहेका थिए चर्चित व्यवसायी दुर्गा प्रसाईले । तर उनको त्यो परिचयको यात्रामा पनि अब पूर्णबिराम लागेको छ । उनी चुनाव लडेर वा समानुपातिक निर्वाचन प्रणाली जसरी भए पनि संसद प्रवेश गर्न चाहन्थे तर त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले साथ नदिए पनि उनी विक्षिप्त बनेका थिए ।

दुर्गा प्रसाई ओलीले सांसद नबनाउँदा जति दुःखित थिए ओलीले राजेन्द्र लिङदेनलाई साथ दिने र उनको पनि साथ लिने निर्णय गरेपछि थप स्तब्ध भए । त्यसपछि ओली र लिङदेन दुबैलाई एकैसाथ देखाइदिने अभियानमा लागेका उनले केही हप्ता अघि एउटा महाअभियानको घोषणाको नाममा पूर्व राजा ज्ञानेन्द्र शाहसहितको उनको परिवारनै उपस्थित गराए ।

जनयुद्ध दिवसको दिन माओवादीले जसरी युद्धको संकेत गरेको थियो त्यसैगरी प्रसाईले पनि सोही ठाउँबाट महाअभियानको घोषणा गरे । यसै पनि पूर्वराजा ज्ञानेन्द्रको नाम सुन्ने बित्तिकै तर्सिने नेताहरू समेत भएको एमालेमा प्रसाईको महाअभियानको विषयलाई लिएर उनीमाथि कारबाहीको आवाज उठ्यो ।

स्थानीय कमिटीहरूले सोही अनुसार सिफारिस पनि गरे । प्रसाईले हजुरबुबा भन्नेका गरेका अध्यक्ष ओलीसँग परामर्श गरी आफैँले एमाले परित्यागको घोषणा गरे । २०७४ को निर्वाचन तयारीकै क्रममा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट संयुक्त रूपमा झापामा रहेको आफ्नो बिएण्डसी अस्पतालको उद्घाटन गराएका थिए । त्यसपछि भक्तपुरको आफ्नो निवासमा दुई अध्यक्षलाई एउटै टेबुलमा राखेर उनले मार्सी चामलको भात खुवाउँदै एमाले र माओवादी एकता गरी नेकपा बनाउने अभियानमा सहयोग पुर्याएका थिए ।

उनले मार्सीको भात खुवाएको तस्बिर सार्वजनिक भएपछि उनको चर्चा ह्वात्तै बढ्यो । त्यसपछि उनको निकटका ओलीसँग बढेर गयो । ओलीसँग निकटता बढ्दै गएपछि उनले प्रचण्डको साथ छाडे । उनले प्रचण्डको साथमात्र छाडेनन् । उनको परिवारका सदस्यहरूको एक एक नाम लिँदै सबैको सार्वजनिक जीवनमाथि प्रश्न पनि गरे ।

उनले प्रचण्डको विरूद्धमा त धेरै मञ्चहरूमा चर्को स्वरमा आवज निकाले  । अहिले तीनै दुर्गा प्रसाई ओलीबाट पनि टाढा बन्ने निर्णयमा पुगेका छन । उनले अब विगतमा प्रचण्डप्रति देखाएको जस्तो व्यबहार नै ओलीप्रति पनि देखाउँछन वा के गर्छन त्यो भने उनको गतिबिधिले देखाउँदै जानेछ । प्रसाईलाई एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा केन्द्रीय समितिमा मनोनीत गरेको थियो ।

@dainiki.com

ज्ञानेन्द्र शाहसहितको राजा फर्काउने दुर्गा प्रसाईको महाअभियान झापाबाट सुरू #nepalinews #dainiki #exkinggyanendrashah #durgaprasai

♬ original sound – dainiki.com – dainiki.com

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ०८:३९