७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

कति पाउला सुपरमाई हाइड्रोपावरको आईपीओले ओपनिङ्ग रेञ्ज ?


७ फागुन, काठमाडाैं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडकाे आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन ५ गते सम्पन्न भइसकेकाे छ ।

यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको चासाेकाे बिषय बनेकाे छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासो लाग्नु स्वभाविक पनि हाे । अहिले यस्तै चासोको बिषयमा रहको छ सुपरमाई हाइड्रोपावर ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३० रुपैयाँ ७६ पैसा देखि ३९२ रुपैयाँ २८ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ७६ पैसा रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १५:३०