१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

हिमालयन कलेजको बदमासीमा सीटीईभीटीको संरक्षण, परीक्षा लियो नतिजा दिएन


-प्रतिमा मुडभरी ढुंगाना 

६ फागुन, काठमाडाैँ । २१ जना विद्यार्थी परीक्षामा सहभागी गराउँदा २० जना विद्यार्थी अनुत्तिर्ण गराउने भनेर कुख्याती कमाएको काठमाडाैँको बुद्धनगरमा रहेको हिमालयन आयुर्वेद मेडिकल साइन्स कलेजले केही विद्यार्थीको परीक्षा लिएर नतिजा नदिइ बदमासी गरेको छ । कलेजको बदमासीमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले संरक्षण गरेको पाइएको छ । परिक्षार्थीहरूले लिखित रूपमै उजुरी गरेर कलेजको बद्मासीको बारेमा जानकारी गराए पनि सीटीईभीटीले हिमालयन आयुर्वेद मेडिकल साइन्स कलेजमाथि कुनै कारबाही गरेको छैन ।

पीडित मध्येकी एक विद्यार्थी स्वस्तिका भट्टराईले शनिबार दैनिकीसँग कलेजको बादमासीले आफू निकै तनावमा परेको बताइन । उनले सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीसँग पटक पटक गुनासो गर्दा पनि आफूहरूको समस्यामा कुनै चासो नदिएको बताएकी छिन । उनले आफूहरूको समस्या मन्त्रीहरूको सम्म पुगेको तर कसैले पनि सम्बोधनका लागि पहल नगरेको बताएकी छिन ।

कलेजका सञ्चालकद्धय अर्चना श्रीवास्तव र अभय श्रीवास्तवले परीक्षा नै दिन नमिल्ने विद्यार्थीका लागि पनि पैसा असुल्नका लागि फारम भराएर परीक्षा लिएको पाइएको छ । कलेजले परीक्षार्थीका नाममा प्रवेशपत्र समेत दिएको छ । तर उसले परीक्षापछि नतिजा दिन अस्वीकार गरेको छ ।

स्वस्तिका भट्टराई र उर्मिला तामाङले गत पुस २८ गते सीटीइभीटीका सदस्य सचिवलाई लिखित रूपमा नतिजा प्रकाशित गरिदिन भन्दै निवेदननै दिएका थिए तर अहिलेसम्म पनि सुनाइ नभएको पाइएको छ । २०७१ सालमा भर्ना भएका ती विद्यार्थीहरूले २०७८ सालमा प्रथम वर्षको बाँकी रहेको विषयको परीक्षा दिएका थिए । सो विषयमा उनीहरूले सीटीइभीटीका उपाध्यक्षको कार्यकक्षमा उपाध्यक्ष खगेन्द्र अधिकारीको उपस्थितिमा समस्या समाधान हुने आवश्वासन समेत पाएका थिए तर अहिलेसम्म उनीहरूले कुनै निर्णय नपाएको बताएका छन ।

तस्बिरमा कलेजका सञ्चालकद्धय अर्चना श्रीवास्तव र अभय श्रीवास्तव ।

पीडित मध्येका स्वस्तिका र उर्मिलाले गत माघ ५ मा कलेज र सीटीइभीटीका कारण आफूहरूले पाएको दुःखका बारेमा त्यसमाथि कारबाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई पत्र लेखेर न्याय मागेका थिए । मन्त्रालयले पनि उनीहरूको पत्र दर्ता गर्यो तर त्यसमाथि कुनै सुनुवाई गरेन ।

भट्टराईले सरकार र सीटीईभीटीले आफूहरूको भविष्यमाथि खेलवाड गरिरहनु भन्दा मारिदिन अनुरोध गरेकी छिन । कलेजले रित पूर्वक परीक्षा फारम भराएर परीक्षा लिएको तर नतिजा नदिएको विद्यार्थीले बताएका छन । किन यस्तो समस्या आयो भन्नेबारेमा स्वस्तिक भट्टराईले दैनिकीसँग राखेको कुरा उनकै भाषामा जस्ताको त्यस्तै राखिदिएका छौँ । उनले १७ बुँदामा आफ्नो कुरा यसरी राखेकी छिन ।

पीडित विद्यार्थीलाई परिक्षा लिएर नतिजा ननिकालेको सम्बन्धमा टिसिइभिटीका उपाध्यक्ष एवं पदाधिकारीसमक्ष राख्न चाहेका विषयवस्तुहरू 

१. २०७१ सालमा हिमालयन आयुर्वेद कलेज जुन त्यो बेला जावलाखेल त्यसपछि बानेश्वर र हाल बुद्धनगरमा रहेको छ । त्यस कलेजमा भर्ना भई पिसिएल आयुर्वेदको अèययनमा लागेको विद्यार्थी म स्वस्तिका भट्टराई, यहि सिटिइभटीबाट सम्बन्धन प्राप्त कलेज हो हिमालयन आयुर्वेद कलेज । जुन एउटा भारतिय महिला अर्चना श्रीवास्तवले सञ्चालन गरिरहनुभएको छ ।

२. २०७२ सालमा मैले सो फ्याकल्टीको प्रथम बर्षको परिक्षा दिएँ र त्यस ब्याचबाट परिक्षा दिने हामी २१ जना विद्यार्थी थियौँ । २० जना विद्यार्थीहरु भारी रुपमा अनुतिर्ण भयौँ । अब अन्दाज र आरोप लगाउनुहोस्, ती १ विद्यार्थी धेरै पढेर पास भएका हुन् की २० विद्यार्थी कलेजले नपढाएर ।

३. यस्तै तालले गए २०७३ साल र २०७४ सालमा दिने दोश्रो र तेश्रो बर्षको परिक्षाको नतिजा पनि बिग्रन्छ भन्ने डरले त्यसको नतिजाहरु सुनिश्चित पार्न प्रथम बर्षको बाँकी रहेको विषयहरुलाई कम प्रायोरिटीमा राखेँ तर छाडेको भने होइन ।

४. २०७४ सालसम्म तेश्रो बर्षको परिक्षा दिइसक्दा सबै विषय राम्रो भइसकेको थियो । २०७५ सालमा रिजल्ट आउँदा बाँकी थियो त मात्र त्यही प्रथम बर्षको फिजिक्स र क्यामेष्ट्री ।

५. २ बर्षको ग्यापपछि यो विषय कटाउन हम्मे हम्मे परेको थियो । तर पनि कटाउन मरिमेटेको थिएँ । होम टिउसन ४०/५० हजार खर्च गरेर पढिरहेको थिएँ ।

६. लाग्थ्यो परिक्षा राम्रो भयो । नतिजा सधै विग्रिएर आउँथ्यो । ठिकै छ, लेखाइ पुगेन होला, पढाइ पुगेन होला, अझै मेहनत गर्नुप¥यो । पुरानो भिजेको ब्याक भन्दै चित्त एकातिर बुझाएँ भने अर्कोतर्फ रिटोटलिङको लागि पनि फारम भरेँ ।ति रिटोटलिङमा कुनै प्रतिक्रिया आएन । सायद नतिजा यथावत नै भएर होला । तर नतिजा यथावत छ भन्ने प्रतिक्रिया त आउनुपथ्र्यो नि । मैले जतिपटक पनि रिटोटलिङ गरेँ कुनै पनि प्रतिक्रिया पाइन । मसँग ति रसिदहरु हराएपनि तपाइँहरुसँग कम्प्युटरमा सुरक्षित होलान् । त्यो पनि ठिकै छ, मौका परिक्षा यथावत छँदै छ, नतिजा यथावत भएर नआएको होला भनेर चित्त बुझाएँ ।

७. बल्ल २०७७ सालमा दिएको परिक्षा राम्रो भएको थियो । यस बर्ष फिजिक्स र क्यामेस्ट्री पास हुन्छुहोला भन्ने लागेको थियो । तर दुर्भाग्य पुनः फिजिक्स विषय लाग्यो र अल्झायो ।

८. यतिञ्जेल यत्रो विद्यार्थी सबै विषय पास हुने तेरो कसरी पास नहुने भन्ने प्रश्न आउला । आफू नपढने अनि न्याय चाहियो पनि भन्नुहोला हजुरहरुले, यदि म नपढ्ने विद्यार्थी हुन्थेँ भने दोश्रो, तेश्रोर प्रथम बर्षको अन्य विषयहरु कसरी कटथ्यो ।म नपढने होइन तर धेरै पढ्न नसक्ने भने जरुर हो । म एभरेज विद्यार्थी हो । फेल हुने मनसाय भएको विद्यार्थी कदापी होइन । अरुको चाँहि कसरी कट्यो भन्नुहुन्छ भने म चिट चोर्न आउने विद्यार्थी पनि होइन, न त सेन्टरमा सेटिङ मिलाउन जानियो, न दायाँबाँया गर्न नै, आशा छ यसैमा हजुरले आफ्नो उत्तर पाउनुभयो होला । जस्तो सकिन्छ, आफ्नो क्षमताले लेख्ने र उत्तर पुस्तिका बुझाएर खुरुखुरु निस्कने मèयेको विद्यार्थी हो म ।

९. अब जाऔँ बाँकी रहेको एउटा विषय फिजिक्समा, कलेजले २०७८ सालमा फारम खुलेको छ भर्न आउनुहोस् भनेर बोलायो । बोलाएपछि कलेज गएर फारम भरेँ । (अस्ति परिक्षा नियन्त्रकले गर्नु भएको प्रश्न यहि थियो कि सूचना निकाल्दा निकाल्दै फारम किन भरेको?) कलेजले फारम खुलेको छ भर्न आउनुहोस भन्दा विद्यार्थीले सूचना खोज्न थाǔछ कि फारम भर्न कलेज जान्छ ? मलाई बताउनुहोस् । कलेजले २० पटक फारम भर्न बोलाएपनि विद्यार्थीले भर्छ किनकी त्यहाँ विद्यार्थीले अवसर देख्छ ।

१०. ल हामीलाई जानकारी भएन या कलेजले गराएन । ठिकै छ कलेजले नियम बिपरित फारम भरायो । अब मलाई आर्को प्रश्नको उत्तर दिनुहोस्, परिक्षा नियन्त्रण कार्यालय, यसको अर्थ के हो र यसले गर्ने काम कारबाही के हो ? नियम बिपरित भएका परिक्षा र परिक्षामा भएका नियम बिपरित कार्य रोकथाम गर्ने जिम्मेवारी परिक्षा नियन्त्रकको हो की होइन ?

११. त्यो फारम कलेजबाट बकाइदा भरिएर दर्ता हुनका लागि पुगेको थियो परिक्षा नियन्त्रण कार्यालय, अब बताउनुहोस् त्यो फारम दर्ता गर्ने र सिम्बोल नम्बर कायम गर्ने कर्मचारी को हो ? के उहाँलाई सिटिइभिटीको नियम थाहा छैन ? यदि थाहा छैन भने थाहा नभएको कर्मचारी किन राख्नुभयो ? तपाईँहरुले तपाईँहरुको कर्मचारीलाई थाहा नभएको नियम विद्यार्थीलाई थाहा होस् भन्ने अपेक्षा गर्न सुहाउँछ ? या फारम भरेर ǔयाएको छन् ब्याक नै दिएको विद्यार्थी नै हुन, एक बर्ष यिनिहरुको जीवनसँग खेलिदिउँ न त भनेर लापरबाही गरिएको हो ?

१२. यदि नियम बिपरित थियो भने त्यो फारम दर्ता हुने ठाउँमा नै किन रोकिएन ? विद्यार्थीको जीवनसँग फुटबल खेǔने ? (तपाईँ जस्तो मर्यादीत व्यक्तिले चित्त नबुझदो जबाफ दिनुभयो भने होस् गर्नुहोस् क्यामेरा अगाडी छ ।) अब फारम दर्ता भएर आउँछ, विद्यार्थीले बकाइदा परिक्षा दिन्छ, निति, नियम, मर्यादा त परिक्षा केन्द्रमा पनि लागु भएको थियो होलानी ? पक्कै सिटिइभिटीको नियम अनुसार त नियन्त्रक त गएका थिए होलान् । हामीलाई त्यो परिक्षा दिन परिक्षा हलमा नै किन रोकिएन ? (यो तपाईँहरुको लापरबाही भित्र पर्छ कि पर्दैन ?)

१३. बकाइदा परिक्षा दियो, नतिजाको लागि ९ महिना प्रतिक्षा ग¥यो । ९ महिना भनेको गर्भबाट बच्चा तयार भएर जन्मन लाग्ने समय हो । त्यस परिक्षा पश्चात आएको नतिजामा हाम्रो ब्याचको नतिजा समावेश हुँदैन । आखिर किन त भनेर बुझ पाएको अभिव्यक्ति जाँदा, … तिमिहरुले परिक्षा दिन पाउँथेनौ ।

१४. अब भन्नुहोस्, हामीले दिन पाउँथेनौँ भने तपाइँहरुले पनि लिन पाउनुहुन्थेन होला नी ? कि नियम विद्यार्थीको लागि मात्र हो, संस्थाको लागि होइन ? के हामीले जबरजस्ती आएर दिएको परिक्षा हो ? नीति, नियम, फारम भरेर दिएको परिक्षा हो । फारममा स्पष्टँग खुलाइएको छ, रजिष्ट्रेशन बर्ष र नम्बर । ढाँटेर, छलेर, लुकेर, चोरेर दिएको परिक्षा होइन । यो अन्तिम मौका पनि हुन सक्छ है भनेर डराएर मेहनत गरेर ४० हजार होम टिउसन फि तिरेर पढेर दिएको परिक्षा हो ।

१५. त्यसपछि हामी न्याय खोज्दै शिक्षा मन्त्रालय गयौँ । त्यहाँबाट हामीलाई उपाèयक्ष खगेन्द्र अधिकारीले “यत्ति सानो कुरालाई मन्त्रीज्यूलाई किन दुःख दिने हामी समाधान गरिहाǔछौँ” भनेर पुष ११ गते हामीलाई आफ्नो कार्यकक्षमा बोलाउनु भयो । त्यहाँ भएको छलफल बमोजिम विद्यार्थीलाई अन्यायमा नपार्ने, संस्थाबाट लापरबाही भएको हो, यसलाई सुधार्ने र विद्यार्थीलाई न्याय दिने भन्ने आश्वासन पायौँ । त्यस पश्चात हामीलाई परिक्षा नियन्त्रक र उपाèयक्षज्यूले बारम्बार सम्पर्क गरिरहँदा उहाँहरुले छलफल गर्दै छौँ हुन्छ भन्ने मात्र जवाफ दिने तर केही पनि प्रक्रिया अगाडी नबढाएको हुँदा हामी थप चिन्तित बन्यौँ । साथै हामीले सदस्य सचिवज्यूलाई सिटिइभिटीमा निवेदन दर्ता गराएका थियौँ । त्यस निवेदनमा पनि कुनै कारबाही हुने छाँटकाँट नदेखिएपछि, फेरी हामी तत्कालिन शिक्षा मन्त्री शिशिर खनालकोमा न्यायका लागि गयौँ । उहाँले यस मुद्धालाई सिटिइभिटी समक्ष उठाएर यस विषयलाई न्याय गरिदिनु भनिदिनु भएको थियो । तर बारम्बार न्याय खोज्दै सिटिइभिटीको सम्पर्कमा आइरहँदा हुन्छ, गर्छौँ, छलफल गर्नै छ, बाहिर छु, मिटिङमा छु, भोलि मिटिङ छ जस्ता अभिव्यक्तिले हामीलाई झुलाइरहनु भयो ।

१६. अब म हाम्रो होइन, मेरो कुरा गर्छु । किनकी, ए पढेर नहुने रहेछ भनेर, कोही साथी खाडी पसे, कोही विहे गरेर कुना पसे, कोही मिडियामा नजाउँ परिवारको इज्जत जान्छ भनेर दुला पसे । तर म हिम्मत हार्दिन । किनकी मेरो यो नतिजा जीवनदान हो भनेर मैले उपाèयक्ष समक्ष बारम्बार बिन्ति बिसाइरहेकी छु । केही गरि हुँदै हुन्न भन्नुहुन्छ भने मलाई यहीँ मारिदिनुहोस् । कलेजको लोभ र तपाइँहरुको लापरबाहीमा म कोठाभित्र थुनिएर किन मरौँ । तपाईँहरुकै कारणले मर्ने भएपछि यहीँ मर्छु । हैन हुन्छ भने यति दिनभित्र हुन्छ भनेर सुनिश्चित गरिदिनुहोस्, भुलाउने, टार्ने, झुलाउने प्रवृति नअपनाइदिनुहोस् । यदि यही कारणले मेरो जीवन बर्बाद हुन्छ भने, परिक्षा नियन्त्रकले “म नालायक नियन्त्रक हो, मेरो जिम्मेवारी परिक्षा नियन्त्रण गर्ने हो, मैले परिक्षा नियन्त्रण गर्न सकिन, नियम बिपरित परिक्षा भएछ, त्यसकारणले विद्यार्थीको जीवन बर्बाद हुने हुँदा साथसाथै म पनि मेरो जीवन बर्बाद गर्न चाहन्छु” भनी राजीनामा दिनुपर्यो । नियम नै पालना नगर्ने, विद्यार्थीलाई अन्धकारमा राख्ने कलेज खारेज हुन पर्यो । नियम थाहा नै नपाई फारम स्वीकृत गर्ने कर्मचारी निलम्बन हुनुपर्यो । किन मेरोमात्र जीवन बर्बाद हुने ?

१७. एउटा मन्त्री आउनुभयो, विद्यार्थीलाई न्याय दिनुहोस्, नतिजा दिनुहोस् भन्नुभयो, जानुभयो । आर्को मन्त्री आउनुभयो, विद्यार्थीलाई न्याय दिनैपर्छ भन्नुभयो जानुभयो । खोई त तपाइँहरुले न्याय दिएको ? खोइ त सदस्य सचिवलाई बुझाएको त्यो पत्रको उत्तर ? मन्त्रालयमा बुझाएको पत्रको उत्तर के पठाउनुभयो हजुरहरुले ? यदि कुनै एक विद्यार्थीको जीवन मजाक हो र तपाईँहरु खेलवाड गर्दै हुनुहुन्छ भने मलाई यहिँ मारेर गाडिदिनुहोस्, नभए आज नतिजा आउने मिति सुनिश्चित नगरि यहाँबाट हिँड्दिन ।

पीडित विद्यार्थीले सीटीइभीटीको सदस्य सचिवकोमा दिएको लिखित उजुरी ।
पीडित विद्यार्थीले शिक्षा मन्त्रीकोमा दिएको लिखित उजुरी ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार २०:२४