८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ओलीसँग भेटेपछि प्रचण्डले भने: गठबन्धन कायमै रहन्छ, राष्ट्रपतिबारे एक-दुई दिनमा टुंगो लगाउँछाैँ


५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० मा बनेको सत्ता गठबन्धन नभत्किने बताएका छन् । आज सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको अढाई घण्टा लामो वार्तापछि उनले यस्तो बताएका छन् ।

प्रधानमन्त्री दाहाल भने, ‘अहिलेको गठबन्धन नभत्किने र केही दिनमै राष्ट्रपतिबारे पनि सहमति हुन्छ।’ गठबन्धन अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले भने, ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्नेछौं, गठबन्धन छुट्ने-भत्कने कुरै छैन। राष्ट्रपतिको पनि एक-दुई दिनमा सहमति मै टुंगो लाग्छ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १८:११