६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

राप्रपा नेपालले देशव्यापी सघन प्रशिक्षण संचालन गर्ने


५ फागुन, काठमाडौं । राप्रपा नेपालले देशव्यापी सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाले जनवर्गिय संगठनका पदाधिकारी सदस्यहरु सहभागी प्रशिक्षणको आज उद्घाटन गरेका छन् ।

थापाले बैचारिक रुपमा प्रतिबद्ध र निष्ठावान कार्यकर्ताको जमात सहितको धारिलो संगठनले पार्टीलाई स्थापित गर्ने भएकोले प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए । प्रशिक्षण कर्मकाण्डी नभई बिषय केन्द्रित प्रभाबवकारी हुनुपर्नेमा थापाको जोड थियो ।

पार्टी र नेतृत्वमाथी योजनावद्ध र षड्यन्त्रपुर्वक भ्रम सिर्जना गरिएको छ, त्यो तोड्न नेता कार्यकर्ता केन्द्रित हुनुपर्ने र जनता केन्द्रित हुन आग्रह गर्दै थापाले राप्रपा नेपाललाई आशा र भरोसाको पार्टी बनाउन सोही अनुसारको भुमिका निर्वाह गर्नु आवश्यक भएको बताए।

कार्यक्रममा राजानितिक कार्यदिशा,सम्वर्द्धनवादी दर्शन र जनवर्गिय संगठनको भुमिका विषयमा कमल थापा, सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको आवश्यकताबारे डाक्टर बिष्णु भण्डारी , पार्टी संगठन निर्माण र परिचालन बारे राजाराम बर्तौला “चुनेली” तथा नेतृत्व बिकास विषयमा प्राध्यापक नरप्रसाद थापाले प्रशिक्षण दिएको प्रशिक्षण विभागका प्रमुख एबं महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए ।

संगठन निर्माण र प्रशिक्षण कार्यलाई समानन्तर रुपमा देशव्यापी योजनावद्ध रुपमा संचालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १६:५०