१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

केपी ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड, राष्ट्रपति निर्वाचनबारे छलफल हुने


५ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न शुक्रबार दिउँसो बालकोट पुगेका हुन् ।

राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्। निर्वाचन नजिकिए पनि राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १५:४१