१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

उद्धव पौडेल राप्रपाको उपाध्यक्षमा मनोनीत


५ फागुन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको उपाध्यक्षमा उद्धव पौडेललाई मनोनीत गर्नुभएको छ ।अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार पौडेललाई सो पदमा मनोनीत गर्नुभएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि केन्द्रीय कार्य सम्पादन समिति सदस्यको जिम्मेवारीमा रहनुभएका पौडेलले पार्टीको सङ्गठन निर्माणमा योगदान गर्नुभएको थियो । पछिल्लो महाधिवेशनपछि पार्टी विभाजन भई राप्रपा नेपाल गठन हुँदा पौडेल विभाजित पार्टीको पनि उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

पौडेललगायत केही नेता तत्कालीन राप्रपा नेपाल परित्याग गरी गत वैशाखमा मूलधारको पार्टीमा फर्कनुभएको थियो । पार्टीमा तीनजना निर्वाचित र पौडेलसहित पाँचजना मनोनीत गरी आठ उपाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १०:०४