१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

छुट्ला है ! सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


५ फागुन, काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडकाे आईपीओमा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको  थियाे ।

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता १ सय अंकित दरमा ११ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावितका लागि निष्कासन गरिने आईपीओमा ईलाम जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलबाट अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १०:०३