७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अनेरास्ववियुको अध्यक्षमा ५ उम्मेदवार, कुन पदमा को ? (अन्तिम सूचीसहित)


-किरण देउजा

४ फागुन, काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयन मतदानको पक्रियाबाटै हुने भएको छ । अध्यक्षका लागि पाँच जना उम्मेदवार मैदानमा उत्रिएका छन ।

अध्यक्षमा आरसी लामिछाने, मोती विक, लोकेश निराैला, वाङ्ग्छु योञ्जन र महासचिव समिक बडालले उम्मेदवारी दिएका छन् । ४ उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन । जसमा पाटन क्याम्पसका स्ववियु सभापति झापिन्द्र खत्री, आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाही, धर्म गिरी, नारायण घर्ती, गोबिन्द गिरी, प्रकाश भुजेल, सुजन भट्टराई, पंकज भण्डारी, एलबि सिंह लगायत रहेका छन ।

महासचिवमा सुदर्शन शिवाकोटी, नरेश रोकाय, उमेश आचार्य, भाष्कर खनाल र कल्पना वाइबासहित पाँच जनाले उम्मेदवारी दिएका छन । सबैभन्दा धेरै उम्मेदवारी सचिवमा देखिएको छ ६ जना खुल्ला सचिवका ४८ जना, खुला महिला सचिवमा तीन जनाका लागि १० जना, समावेशी एक सचिवका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

सचिवमा नरेन्द्र न्यौपाने, मदन विष्ट, संजिव धिताल, प्रकाश पौडेल, दिपक धामी, हिरा चौलागाई, सौगात कार्की, विरेन्द्र रावल लगायत ७१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावाली तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १३:५२