७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अनेरास्ववियुको अध्यक्षमा आरसी र समिकसहित ५ जनाको उम्मेदवारी


४ फागुन, काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व नया नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । विद्यार्थी इञ्चार्ज माधव ढुंगेलले भने, “निर्वाचनको सबै जिम्मेवारी निर्वाचन कमिटिलाई दिएका छौ, सबै सेट अप गरेर निर्वाचन सुरु हुँदा दिउसो २ बज्छ होला”।

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, लोकेश निरौला, वाङ्ग्छु योञ्जन र महासचिव समिक बडालले उम्मेदवारी दिएका छन् । ४ उपाध्यक्षयामा पाटन क्याम्पसका स्ववियु सभापति झापिन्द्र खत्री, आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाही, धर्म गिरी, नारायण घर्ती, गोबिन्द गिरी, प्रकाश भुजेल, सुजन भट्टराई, पंकज भण्डारी, एलबि सिंह लगायत १७ जनाले उम्मेदार दिएका छन् ।

१ महासचिवमा सुदर्शन शिवाकोटी, नरेश रोकाय, उमेश आचार्य, भाष्कर खनाल र कल्पना वाइबाले उम्मेदवारी दर्ता गरेका छन् । सबैभन्दा पेचिलो लडाई सचिवमा देखियो । ६ जना खुल्ला सचिवमा ७१ जना भन्दा बढी को उम्मेदवारी परेको छ । नरेन्द्र न्यौपाने, मदन विष्ट, संजिव धिताल, प्रकाश पौडेल, दिपक धामी, हिरा चौलागाई, सौगात कार्की, विरेन्द्र रावल लगायत ७१ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ११:०४