१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इन्जा वौद्धिक अनुसन्धानवृत्ति नेपाल र तिवारीलाई


४ फागुन, काठमाडाैँ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत दुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वबिद्यालयबाट पत्रकारिता तथा आम सन्चार विषयमा विद्यावारिधी (पिएचडी) गर्दै गर्नु भएका जगत नेपाल र पत्रकारिता तथा आम सन्चार बिषयमा त्रिभुवन विश्वबिद्यालयबाट दर्शनार्चाय-विद्यावारिधी (एमफिल-पिएचडी) गर्दै गर्नु भएका माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोबलका सचिव दीपक रिजालले बिहीबार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता बिभागका प्रमुख चिरन्जिवी खनालको संयोजकत्वमा गठित समितिको निर्णय अुनसार इन्जाले वौद्धिक अनुसन्धानवृत्ति पुरस्कृति गर्ने घोषणा गरेको रिजालले बताएका छन ।

बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता बिभागमा उपप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । २०५४ सालबाट पत्रकारिता शुरु गर्नु भएका नेपालले सुरूची साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टीभी लगायत विभिन्न सञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएको थियो । उहाँले हालसम्म ५ वटा पुस्तक प्रकाशित गरिसक्नु भएको छ ।

त्यसैगरी बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गर्नु भएको थियो । भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गर्नु भएका तिवारीले रुपरेखा साप्ताहिक, माउन्टेन टीभी, अनलाइनखबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

यसअघि इन्जाले उक्त पुरस्कारबाट त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको थियो । वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार इन्जाको स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १०:४३