१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?


२ फागुन, काठमाडाैं । नागरिक लगानी कोष (सटिजन इन्भेष्टमेन्ट ट्रष्ट) को ७५ हजार कित्ता संस्थापक सेयर आज (फागुन २ गते) बाट बिक्रीमा आएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त सेयरकाे मूल्य प्रतिकित्ता रू. ७४३ तोकीएकाे छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि फागुन १० गतेसम्मका लागि  बोलपत्र पेश गर्नुपर्नेछ । शिलबन्दी खाम बाहिर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट उल्लेख गरेको हुनुपर्नेछ । कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ ।

यो सेयर प्राप्त गर्ने लगानीकर्ताहरूले फागुन २ गतेपछि कोषद्वारा प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कोषले दिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार ११:४९