१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सरकारको कमजोरीका कारण राष्ट्रपतिको संस्थालाई विवादमा तान्ने काम गरियाेः रघुजी पन्त


२८ माघ, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी संसदको सम्वोधनका क्रममा आउँदा भएको सवारी जामका कारण संसदको प्रतिक चिह्न (लोगो) छोपेर हिँड्नुपरेको सांसदले गुनासो गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर एमालेका रघुजी पन्तले राष्ट्रपतिको सवारी जाममा राजनीतिक दलका नेताप्रति गाली गरेको सुनेर आफू लोगो छोपेर हिँड्नुपरेको सुनाएका हुन् । सांसद पन्तले सरकारको कमजोरीका कारण राष्ट्रपतिको संस्थालाई विवादमा तान्ने काम भइरहेको बताए ।

‘राष्ट्रपतिको सवारी र त्यसपछिको जामको विषयलाई लिएर राष्ट्रपति संस्थाप्रति नकारात्मक टिप्पणी भइरहेको छ । यसअघिका राष्ट्रपति डा रामवरण यादवले पनि सरल बनाइयोस् भनेर प्रक्रिया सरल बनाउनु भएको थियो’, सांसद पन्तले भने, ‘सरकारले सवारी चलाउने बारेमा किन ध्यान दिएको छैन ? सरकारले किन पाइला नचाल्ने, राष्ट्रपति संस्थाको आलोचना मात्र गर्ने ? जनताको यो आवाजप्रति संवेदनशील भएर प्रधानमन्त्रीको तहबाट कदम चालियोस् ।’

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १५:४५