६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी, राष्ट्रपतिबारे ठोस निर्णय गर्ने


२७ माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी रहेका छन ।

आजको बैठकमा प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तस्बिर अनुसार जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जित श्रेष्ठ अनुपस्थित रहेका छन । बैठकले राष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार ०९:४७