१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विकास बैंकहरुले फागुनमा ब्याजदर घटाउने


२७ माघ, काठमाडौं। विकास बैंकहरुले निक्षेपतर्फको ब्याजदर घटाउने भएका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको बैठकले माघका लागि तय निक्षेपको ब्याजदर फागुनमा थोरै भए पनि घटाउने निर्णय गरेको हो ।

डिबानका अध्यक्ष प्रद्युमन पोखरेलले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशतले घटाउने निर्णय भएको बताए । हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १६:००