२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

स्वावलम्बन लघुवित्तले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?

२७ माघ, काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । बिहीबार बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले आफ्नो २१ औँ वार्षिक साधारणसभा फागुन १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडाैंकाे लैनचौर ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ६.०५२६ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

सभाले संस्थापक सेयरधनी र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ६०ः४० अर्थात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हाल संस्थामा संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ।

साथै, सभाले अन्य उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त संस्था गाभ्ने वा प्राप्ति प्रक्रिया अगाडि बढाउनका लागि गर्नुपर्ने सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, सञ्चालक समितिका नयाँ सदस्यहरुको मनोनयन तथा नियुक्ति ,गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरू पारित गर्ने छ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १० गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसकाे अर्थ फागुन ८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनुका साथै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ०९:०७