१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच डिजिटल भुक्तानीमा सम्झौता


२६ माघ, काठमाडाैं ।  आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिबीच सम्झौता भएको छ। यी दुई कम्पनीबीच आज बिहिबार सम्झौता भएको हो । सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहने छ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको दुवै कम्पनीले जनाएको हो ।  श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवाबमोजिमको भुक्तानी रोजगारदाताहरुबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १६:४७