१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दोहोरो राहदानी र नागरिकताको आरोपपछि कांग्रेस नेता रिजालले सार्वजनिक गरे भिसाको बिबरण


२६ माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले आफूमाथि निरन्तर दोहोरो राहदानी र नागरिकताको आरोप लागेपछि अमेरिका जाँदा लगाएको भिसा नै सार्वजनिक गरेका छन । डा रिजला २०४४ सालदेखि २०५३ सालसम्म अमेरिकामा रहेका थिए ।

डा रिजालले यसअघि पनि संसदमा  विशेष समय नै लिएर बोल्दै आफू विशुद्ध नेपाली नागरिकमात्र भएको बताएका थिए । रिजाल अमेरिकासँग राम्रो सम्बन्ध भएका कांग्रेस नेता हुन । उनी पूर्वमन्त्री समेत हुन । रिजालले सञ्चार र रक्षा मन्त्रालयको नेतृत्व गरिसकेका छन ।

उनले सामाजिक सञ्जालमा केही भिसाहरू सार्वजनिक गर्दै भनेका छन, ‘२०७२ मंसिर १८ मा सार्वजनिकरूपमा र संसदमा विशेष समय लिएर पनि भनिसकेको छु। तैपनि जानाजानी फत्तुर लाउनेलाई केही अर्थ नभए पनि जान्न चाहनेलाई फेरिस् भिसा लिएर अमेरिका म २०४४ म पढ्न गएँ, पछि ३ वर्ष त्यहाँ विश्वविद्यालयमा पढाएँ, २०५३ मा फर्किएँ।पछिल्ला केही अमेरिकी भिसाका छाया तस्वीरहरू।’

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १६:४६