१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सुधार देखिएकाे बजारमा आज यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार


२६ माघ, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा सुधार देखिएकाे छ । साताको चौथो काराेबारकाे दिन  सामान्य ओरालो लागेकाे बजारमा आज भने दोहोरो अकंले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.४३ अकंले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ ।

आज २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँको कारोबार भएको छ । बिहीबार अपि पावर कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ५ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ५ करोड ७३ लाख, ङादी ग्रुप पावरको ५ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ८६ लाख र रिडी पावरको ४ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १५:१९