१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आज यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार


२५ माघ, काठमाडाैं । साताको चौथो काराेबारकाे दिन बुधबार सेयर बरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से यस दिन भने झिनो अंकले घट्न पुगेकाे हाे ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर २१७०.२१ बिन्दुमा बन्द भएको छ । आज १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, अपि पावरको १० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै ङादी ग्रुप पावरको ८ करोड ९६ लाख, एनआइसी एशिया बैंकको ८ करोड १८ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ७ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १५:११