८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

२ कम्पनीकाे नगद लाभांश सेयरधनीको खातामा जम्मा, तपाईंकाेमा आयाे त ?


१६ माघ, काठमाडाैं । विभिन्न २ कम्पनीहरूले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएका छन् । शिवम् सिमेन्टस् कम्पनी र चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेका हुन् ।

१) शिवम् सिमेन्टस् कम्पनी लिमिटेड

शिवम् सिमेन्टस् कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीको पुस २९ गते सम्पन्न ७ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित साेही १०.५३ प्रतिशत नगद लाभांश कर काटेर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा माघ ५ गतेबाट लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ ।

हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।

२) चिलिमे जलविद्युत् कम्पनी

चिलिमे जलविद्युत् कम्पनीले सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीको पुस २२ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७.५ प्रतिशत नगद लाभांश र ७.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो । सोही ७.५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा माघ ५ गतेबाट जम्मा गरिएकाे कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार ११:५८