७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नागरिकता लिएसँगै रविलाई सभापति चयन गर्ने रास्वपाको तयारी, केन्द्रीय समिति बैठक बोलाइयो


१५ माघ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानले पुनःनागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पाार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।

लामिछानले नेपाली नागरिकता लिएसँगै पार्टीले आकस्मिक बैठक बोलाएको हो। दिउँसो साढे ३ बजे बोलाइएको बैठकले रविलाई पुनः सभापति बनाउने तयारी रहेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो । नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार मात्रै डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १४:४३