११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

तपाईंको खातामा आयो त यी २ कम्पनीकाे लाभांश ?


१५ माघ, काठमाडाैं । विभिन्न २ कम्पनीहरूले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएका छन् । महालक्ष्मी विकास बैंक लिमिटेड र  फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले  सेयरधनीहरूकाे सम्बन्धित खातामा नगद लाभांश पठाएका हुन् ।

१) महालक्ष्मी विकास बैंक लिमिटेड

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । बैंककाे पुस २९ गते सम्पन्न भएकाे २१औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

साधारण सभाबाट पारित गरिएकाे साेही ६.४७ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।

बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ ।

२) फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड

फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत वितरण गर्न सुरु गरेको हो ।

कम्पनीको पुस ३० गतेस सम्पन्न १० औं वार्षिक साधारण सभाले कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो ।

हालसम्म बैंक खाता हितग्राही खाता अद्यावधिक नगराएका सदस्यहरुलाई यथाशिघ्र गराउन समेत कम्पनीले भनेको छ । उक्त अद्यावधिक नगराएसम्म लाभांश पठाउने छैन ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १२:५१