१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अब रवि लामिछानेमाथि राहदानी दुरूपयोगको मुद्दा चल्ने, १ वर्षदेखि ३ वर्षसम्म कैद हुने


२२ पुस, काठमाडौँ । सर्वोच्च अदालतले शुक्रबार पद खारेज गरिदिएका रवि लामिछानेको राहदानी दुरूपयोगको मुद्दामा पनि अनुसन्धान हुने भएको छ । दोहोरो राहदानीको विषयमा सर्वोच्चमा मुद्दा हालेको समूहले नै रविको दोहोरो नागरिकताको बारेमा पनि मुद्दा दर्ता गर्ने तयारी गरेको हो । उनले अमेरिकी राहादानी बोकिरहेकै समयमा नेपाली राहदानी बनाएका थिए ।

लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेर सांसदको पदको उम्मेदवार बनेका थिए । शुक्रबार सर्वोच्चले उनको खारेज भएको नागरिकताका बारेमा फैसला गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्ने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको छ । अमेरिकी नागरिकको हैसियतमा नेपालमा करिब चार वर्ष अबैध रूपमा बसेका लामिछानेले दोहोरो नागरिकता र दोहोरो राहनी लिएका थिए ।

लामिछानले एकै पटक नेपाली नागरिकता र राहदानी तथा अमेरिकी नागरिकता र राहादानी प्रयोग गरेको सार्वजनिक भएको प्रमाणहरूबाट पुष्टि हुन्छ । खारेज भएको नेपाली नागरिकता स्वतः कायम हुन्छ भन्ने उनको दलिल समेत खारेज खाएको छ । नेपालको राहदानी कानुनले झुटा कागजात र विवरण पेश गरेर दोहोरो राहदानी लिएमा १ देखि ३ वर्षसम्म कैद हुने बताएको छ । ऐनको व्यवस्था परिच्छेद ५ को दफा २१ र २२ मा हेर्न सक्नुहुन्छ ।

राहदानी ऐनको परिच्छेद ५ को दफा २१ र २२ माभएको कसुर र दण्डसम्बन्धी व्यवस्था ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १८:२७