१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमाले निकट अखिललाई लाग्यो महाधिवेशन, अध्यक्षमै आधा दर्जन आकांक्षी


-किरण देउजा 

१२ माघ, काठमाडाैँ । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन यहि फागुन २–४ सम्म काठमाण्डौमा हुदैछ । २०७२ साल फागुन पछि अनेरास्ववियुमा अहिलेसम्म महाधिवेशन हुन् सकेको छैन । २२ औँ  राष्ट्रिय महाधिवेशनमा (२०७२ फागुन) दिपक गौतमलाई नविना लामाले पराजित गरेर अध्यक्ष भएकी थिइन ।

अनेरास्ववियुको विधान अनुसार हरेक २ वर्षमा महाधिवेशन हुन्थ्यो । तर, २०७४ सालमा स्थानीय र संघीय निर्वाचनको कारण समयमा नै महाधिवेश हुन सकेन । र, तत्कालिन अध्यक्ष नविना लामा समानुपातिक तर्फ संसद भइन । त्यसपछि अहिलेसम्म अखिलमा अधिवेशन हुन् सकेको छैन ।

निर्वाचन पश्चात एमाले माओवादी वीच एकता भयो । अनेरास्ववियु एमालेको भागमा प¥यो । एमालेबाट तत्कालिन महासचिव ऐन महरालाई अखिलको संयोजक र माओवादिबाट रंजित तामाङ्गलाई सह(संयोजक बनायो । तर उक्त कमिटिले गति लिन सकेन ।

नेकपाको फूट पछि एमालेले सुनिता बराललाई अध्यक्ष बनायो । सुस्ताएको अखिल ब्युझिने कोसिस गर्यो । तर जसरी गति लिनुपथ्र्यो लिन सकेन । अहिले बराल पनि समानुपातिक संसद भएपछी अखिलले मिति नै तोकेर महाधिवेशन गर्न लागेको छ ।

लामो समय पछि महाधिवेशन हुन लागेपछि कार्यकर्ताहरुमा उत्साह देखिएको छ । नयाँ नेतृत्व चयनमा यसपटक चै लोकतान्त्रिक विधि अर्थात निर्वाचन हुनेमा धेरै कार्यकर्ताहरु उत्साहित भएका छन् । संगै पार्टीले टिका नगाइदिने हो कि भन्ने समंसयमा समेत रहेछन् ।

पदाधिकारीमा उठ्ने चाहना गरेका एक कार्यकर्ता नाम नबताउने सर्तमा भन्छन “पार्टीले टिका लगाइदिन सक्छ, अहिले हामी धेरै उत्साहित भएर के गर्नु , पार्टीमा गुटबन्दी छैन् भन्छन् तर आफ्नो मान्छे मात्रै च्याप्छन्, त्यही भएर म पर्खा र हेर को रणनीतिमा छु ” ।

को-को छन् त आकांक्षी ?

“अहिले भएका उपाध्यक्षहरु सबै र महासचिव नै अध्यक्षको स्वत दाबेदार हुन् । तर सबै उपाध्यक्षहरु अध्यक्ष हुने हैसियतका छैनन्, उपाध्यक्ष नै पाए दोहोरिने खालका समेत छन्” अध्यक्षको तयारि गरिरहेका उमेश आचार्यले भने ।

अध्यक्षको प्रत्यासीहरु

अध्यक्षको लागि तयारी गरिरहेकाहरुमा आरसी लामिछाने, वाङछु योञ्जन, लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक र समिक बडाल छन् ।

आरसी लामिछाने वर्तमान कमिटिका वरिष्ठ उपाध्यक्ष हुन् भने वाङछु योञ्जन लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक वर्तमान कमिटिका उपाध्यक्षहरु हुन् । कमिटिका महासचिव समिक बडालले समेत अध्यक्षको लागि तयारी गरिरहेका छन् ।

चार (४) उपाध्यक्षको लागि वर्तमान कमिटिका पदाधिकारीहरु गोबिन्द गिरी, तपेन्द्र शाही, एल बि सिंह, मर्यादा बिष्ट, डम्बर अधिकारी, जेनिस लामा र रामशरण चौधरीले तयारी गरिरहेका छन् ।

एक (१) महासचिव लागि सुदर्शन सिवाकोटी  धर्म गिरी, भाष्कर खनाल, नरेश रोकाया, नारायण घर्तीले तयारी गरिरहेका छन् । सबैभन्दा पेचिलो लडाँइ चै सचिव मा देखिन्छ । १० (७ खुल्ला जसमा ३ महिला अनिवार्य ) जनाको संख्यामा बर्तमान कमिटीका स्थायी कमिटी सदस्यहरु तथा सचिवालय सदस्यहरु धेरैको रोजाई सचिवमा देखिन्छ ।

अध्यक्षमा दाबी गरिरहेका अनेरास्ववियुका नेताहरू क्रमशः आरसी लामिछाने, समिक बडाल, मोति विक, लोकेश निरौला, वाङछु योञ्जन र उमेश आचार्य ।

आयोग (अनुशासन, लेखा र निर्वाचन आयोग) प्रमुखमा अहिलेसम्म खुलेर लागेका देखिएन् । धेरैको ध्यान पदाधिकारीमा नै देखिन्छ् । एक (१) कोषाध्यक्षको लागि सुजन कार्की , प्रज्ज्वल फुँयाल, सन्जिव धिताल लगायतले तयारी गरिरहेका छन् ।

“सुनिता जी संघीय संसद, एमालेको केन्द्रिय सदस्य , अखिल अध्यक्ष , अखिल सह इञ्चार्ज , युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्ष हुनुहुन्छ, वहाँलाई जिम्मेवारिले थिची सक्यो । र महाधिवेशन नभएको लामो समय भयो यसपटक त जसरि नि महाधिवेशन गर्नुपर्छ” अध्यक्ष तयारी गरिरहेका एक उपाध्यक्षले भने ।

“२०७२ साल पछि महाधिवेशन हुन नसक्दा पार्टीले नै टिका लगाइदिएर नेतृत्व चयन गरेको हुदा , अहिले अखिलमा धेरै लै जाम छ, २०६३ सालमा चितवन १८ औ सम्मेलनबाट सबै पदमा प्रतक्ष निर्वाचन बाट नेतृत्व चयन गर्दा जाम खुलेको थियो, यसपटक पनि त्यहि विधि अपनाउनु पर्छ” उपाध्यक्ष वाङछु योञ्जनले भने । उनी आक्रोसित हुदै भन्छन् “ केहि साथीहरु अझै टिका लाउने कसरत गर्दै हुनुहुन्छ , त्यो हामी कदापि पनि हुन् दिने छैनौ.। जसरि पनि लोकतान्त्रिक प्रक्रिया अपनाउन हामी हामी लागी पर्छौ ।

अध्यक्षको लागि दाबि गरिरहेकाहरुलाई एउटै प्रश्न गर्दा , सबैले आफूले जित्ने दाबि गरे । वरिष्ठ उपाध्यक्ष आरसी लामीछाने भन्छन् “वरिष्ठ उपाध्यक्ष हुँ योग्यता, क्षमता अनि तल्लो कमिटि देखि संगठित हुदै, काम गर्दै आएको अनुभवको आधारमा अबको नेतृत्व मैले नै गर्नुपर्छ ” । लामीछाने अझै थप्छन् “लामो समय देखि नभएको स्ववियु निर्वाचन गर्न र विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दामा केन्द्रित गर्नको लागि मेरो नेतृत्व आवशयक छ ” ।

अध्यक्षको लागि तयारी गरिरहेका महासचिव समिक बडालले भन्छन “म क्याम्पस कमिटि देखि नै नेतृत्व गर्दै आइरहेको छु , अबको विद्यार्थी आन्दोलन कस्तो हुनुपर्छ म संग योजना छ , त्यसैले मैले नेतृत्व गर्नुपर्छ ।

जम्बो कमिटीको आकार घट्यो, पदाधिकारी ३२ बाट १७

यसपटक अखिलले पदाधिकारी संख्या घटाएकाले पनि आकांक्षी व्यवस्थापनमा समस्या देखिएको छ । गएको असोज (१–२) काठमाण्डौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या ३२ बाट १७ मा झार्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार, एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दश सचिव जसमा ३ महिला अनिवार्य र एक कोषाध्यक्ष चयन हुनेछ ।

केन्द्रीय कमिटी ५३३ बाट १९९

केन्द्रीय कमिटी सदस्य ५३३ बाट १९९ मा झार्ने निर्णय अखिलले गरेको छ । पदाधिकारी र केन्द्रीय सदस्य संख्या घटाउने निर्णयले पनि यो महाधिवेशनमा आकांक्षीहरुको व्यवस्थापन सजिलो देखिँदैन ।

“खास विद्यार्थीको नेता जा शैक्षिक मुद्दा मा केन्दित हुन् सक्छ , स्ववियुको गरिमा बुझेको छ , योग्य र क्षमतावान नेता चयन गर्नेछ । गणेश प्रवृतिको अन्त्य गर्नेछ साथै संगठनको कमिटि प्रणाली नबुझेकोहरु यो महाधिवेशन बाट विदा हुन्छन्” । सचिवालय सदस्य नरेन्द्र न्यौपाने बताउँछन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १३:२६