८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मर्जरपछि सूर्यज्योति लाईफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत, कति छ ओपनिङ रेञ्ज ?


१० माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूर्यज्योति लाईफ इन्स्योरेन्सको सेयर सूचिकृत भएकाे छ । साविकको सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:०.८२४५ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ अंकित दरको कुल ४ कराेड ५४ लाख ५५ हजार ७ सय २१ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकृत भएको हो ।

मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबार लागि ३ सय ७१ रूपैयाँ ५९ पैसा ओपनिङ रेञ्ज तोकेकाे छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:३३