७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दरम खोला हाइड्रो इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


६ माघ, काठमाडाैं । दरम खोला हाइड्रो इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३९ कराेड ५० लाख रूपैयाँ बराबरकाे ३९ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेकाे हाे । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १४:२७